हरिनारायण रौनियार एमाले प्रवेश, ओलीले गरे स्वागत
२०८० मंसिर ५ गते

काठमाडौं । जसपाका केन्द्रीय सदस्य तथा पूर्व संसद हरिनारायण प्रसाद रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।
पर्साको पोखरिया नगरपालिकामा मंगलबार एमालेले पार्टी प्रवेश कार्यक्रममा राखेको थियो । कार्यक्रममै अध्यक्ष ओलीले रौनियारलाई पार्टीमा प्रवेश गराएका हुन् ।
०७४ सालको निर्वाचनमा रौनियार तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल हालको जसपा नेपालबाट पर्सा क्षेत्र नम्बर ३ बाट सङ्घीय सांसदमा निर्वाचित भएका थिए ।
तर त्यसको केही समयपछि नै उनको कम्पनी पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण उनी निलम्बित भएका थिए ।
मुद्दा लामो समय चलेपछि रौनियारले अधिकांश कार्यकाल निलम्बित रूपमै बिताएका थिए ।

२०८० मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








