विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौँ । काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१२ कपन मुस्कान चोक डेरा गरी बस्ने ३२ वर्षीय उमेश बुढाथोकी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–१० घर भएका उनी ३४ वर्षीय प्रकाश बुढाथोकीको डेरा कोठामा मृत फेला परेका हुन् ।
त्यस्तै बागलुङ, बागलुङ नगरपालिका–१ रामरेखा बस्ने ३० वर्षीय छितिज राना मगर आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
अर्का अर्घाखाँची, सन्धिखर्क नगरपालिका–१० बारबाने बस्ने ४८ वर्षीया कल्पना जिएम आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका–१६ हनुमाननगर टोलस्थित नालामा सोही उपमहानगरपालिका–१८ मौवाही बस्ने ६५ वर्षीय राम बिलाश पासवान आइतबार मृत अवस्थामा फेला परेका छन् ।
अर्का बैतडी, दशरथचन्द नगरपालिका–५ कुमाली बस्ने ४५ वर्षीय नरेश जोशी सोही नगरपालिका–५ मुल्याभिटो काठोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








