मोटरसाइकल वर्कसपमा आगलागी हुँदा १५ लाखको क्षति
२०८० मंसिर ३ गते

रूपन्देही । गैडहवा गाउँपालिका–८ मैनिहवास्थित मोटरसाइकल वर्कसपमा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
धनिराम थारूको घरको सटरमा सुरेन्द्र मल्लले संचालन गर्दै आएको उक्त वर्कसपमा विद्युत सर्ट भई आगलागी हुँदा वर्कसपमा रहेका विभिन्न सर–सामानहरू जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
२०८० मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








