नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य
२०८० मंसिर ३ गते

काठमाडौं । नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ । चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि नेपालले जापानलाई ११६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ रन बनायो । नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिएको थियो । अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो ।
२०८० मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








