प्युठानमा आमा-छोरा मृत फेला

प्युठानको नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय २२ वर्षीया रीमा बुढामगर र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर मृत फेला परेका हुन्।

घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमा छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए ।

शुक्रबार आमाको शव भेटिएको देखि ४० मिटर टाढा छोराको शव शनिबार भेटिएको हो। उनीहरु दुबैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए ।

शव स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =