चारदेशीय महिला टी-२०

नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक जापानसँग खेलिरहेको छ । जापानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपालले ११४ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको हो ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन बनाएकी थिइन् भने कप्तान इन्दु बर्माले २७, पूजा महतोले १३, सिता राना मगरले ९ र काजल श्रेष्ठले अविजित १५ रन बनाएकी थिइन् । सिरिजमा दुई खेल हारेर नेपाल र जापान फाइनलको दौडबाट बाहिरिइसकेका छन् । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो ।

आजै आयोजक हङकङ र तान्जानियाबीच पनि खेल हुँदै छ । दुवै फाइनलमा पुगिसकेकाले आजका खेलको नतिजाले कुनै असर भने गर्ने छैन । अब आइतबार तेस्रो स्थानका लागि नेपाल र जापानबीच हुने छ भने फाइनल खेल पनि आइतबार हङकङ र तान्जानियाबीच हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =