कम प्रिमियममा ठुलो रकमको बीमा गर्न सकिने “सूर्यज्योति सहि प्लान” सार्वाजनिक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले  नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा कम प्रिमियम भएको नयाँ बीमा पोलिसी सार्वजनिक गरेको हो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना ‘सही प्लान’ सार्वजनिक गरेको छ । उक्त पोलिसीमा ७० वर्ष पुगेपछि बीमितले पुरै बीमाशुल्क फिर्ता हुने कम्पनीले जानकारी गराएको छ ।

उक्त नयाँ पोलिसी नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सूर्यज्योति लाइफका अध्यक्ष केशव प्रसाद भट्टराइले संयुक्त रूपमा आजबाट शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा सुर्यज्योति लाइफका अधिकृत प्रकाश बिक्रम खत्री(सिइओ) प्रकाश बिक्रम खत्रीले आजै शुभारम्भ गरेको नयाँ प्रडक्टको बारेमा प्रस्तुतिकरण दिएका थिए । कम्पनीले आज सार्वजनिक गरेको नयाँ बीमा पोलिसी नेपालकै सबैभन्दा सस्तो बीमा पोलिसी भएको कम्पनीका प्रमुख सिइओ खत्रीले दावी गरेका छन । उनले नेपालको बीमा क्षेत्रमा अण्डर ईन्स्योर्ड भइरहेको भन्दै सस्तो बीमा पोलिसी मार्फत आम नेपालीलाई बीमाको दायरा जोड्न सूर्यज्योतिले यो सहि प्लान पोलिसी ल्याएको बताए ।

कम्पनीका अनुसार ६ लाख रुपैयाँ प्रिमियम तिरेपछि २५ लाखको भुक्तानी पाइन्छ भने ७० वर्षपुगेपछि बीमा गरिएको रकम ६ लाख समेत फिर्ता पाइने कम्पनीका सिइओ खत्रीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *