कैदी मृत्यु प्रकरण : मृतककी भतिजीलाई पढाउने सहमति

काठमाडौं । सिन्धुली कारागारभित्र थुनुवाको मृत्यु भएको घटनामा मृतककी भतिजीलाई पढाउने सहमति भएको छ ।

श्री कमलामाई बोर्डिङ स्कुलले मृतक ३० वर्षीय विमल थापाकी भतिजीलाई कक्षा १० सम्म पढाउने सहमति जनाएको हो ।

दुधौली नगरपालिका–१० का थापाको कारागारभित्र बिहीबार बिहान करिब ३ बजे मृत्यु भएको थियो ।

सवारी ज्यान मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका उनको मृत्यु भएपछि मृतक परिवारले शंका व्यक्त गरे पनि प्रहरीले घटना शंकास्पद नदेखिएको बताएको छ ।

मृतक थापा श्री कमलामाई बोर्डिङ स्कुलका बस चालक थिए । गत भदौमा दुधौली नगरपालिका–१३ मा बसको ब्रेक फेल भई ठक्कर दिँदा अटोमा सवार सम्मरबहादुर लामाको मृत्यु भएको थियो ।

यस घटनामा उनलाई जिल्ला अदालत सिन्धुलीले असोज १७ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =