दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

अष्ट्रेलिया एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बेलुका भएको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अष्ट्रेलियाले घरेलु टोली भारतसँग उपाधि भिडन्त पक्का गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दुई बल बाँकी छँदा सबै विकेट गुमाएर मात्रै २१२ रन बनाउन सक्यो। २१३ रनको लक्ष्य अष्ट्रेलियाले ७ विकेटको क्षतिमा ४८ औं ओभरको दोस्रो बलमा पूरा गर्यो।

अष्ट्रेलियाको जितमा ओपनर ट्राभिस हेडले अर्धसतकीय इनिङ खेले। ट्राभिस ४८ बलमा ६२ तथा अर्का ओपनर डेभिड वार्नरले १८ बलमा २९ रन जोड्दै उत्कृष्ठ सुरुवात दिलाए।

मिचेल मार्स शून्य रनमै आउट हुँदा स्टेभिन स्मिथले ३० रनको योगदान गरे। मार्नस लाबुसचेन १८ रनमा एलबीडब्ल्यु धरापमा पर्दा ग्लेन म्याक्सवेल १ रनमै बोल्ड हुन पुगे।
जोस इंग्लिस २८ रनको योगदान गर्दा मिचेल स्टार्क १६ र कप्तान प्याट कमिन्स १४ रनमा नटआउट रहे।

दक्षिण अफ्रिकाका कागिसो रबाडा, एडेन मार्कराम र केशव महाराजले समान एक विकेट लिँदा जेराल्ड कोयल्जी र तबरेज शम्सीले समान दुई विकेट लिए।

त्यसअघि दक्षिण अफ्रिकाका डेविड मिलरले १ सय १ रनको सानदार शतकीय इनिङ खेल्दै टोलिलाई सम्मानजनक स्कोरमा पु¥याएका थिए। हेनरिक क्लासेनले ४७ रन बनाउनु बाहेक अन्य ब्याटर भने चल्न सकेनन्।

अष्ट्रेलियाका प्याट कमिन्स र मिचेल स्टार्कले समान ३ विकेट लिए । ट्रविस हेड र जोश हेजलवुडले समान २ विकेट हात पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =