तिहारमा मुलुकभर आपराधिक घटना सामान्य, सडक दुर्घटना बढी : प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् ।

‘समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो। छिटफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन। सडक दुर्घटना चाहिँ केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्यांक सार्वजनिक गरिनेछ’, उनले भने ।

तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ ।

दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन् ।

प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्यांक संकलनको कार्य भइरहेकाले एक–दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =