दक्षिण अफ्रिकाले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकोछ ।
इडेन गार्डेन कोलकातामा टेम्बा बभुमाले टस जितेर ब्याटिङ रोजेका छन् ।
दक्षिण अफ्रिकाले आज एक परिवर्तन गरेको छ । लुङ्ग्गी एनगिडीको स्थानमा तबरेज शाम्सी खेलेका छन् । उता अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्क टोलीमा फर्केका छन् । शन एबोट र मार्कस स्टोइनिस बेन्चमा छन् ।
पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले भने सानदार प्रदर्शनका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको हो ।
दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनल खेल्ने सोचमा छ । अस्ट्रेलिया पाँच पटकको च्याम्पियन टोली हो ।आठौं पटक फाइनल खेल्न चाहन्छ ।
यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।








