महिला टी ट्वान्टी चारदेशीय सिरिज : हङकङसँग नेपालको लज्जास्पद हार

काठमाडौं । महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाउन सकेको थियो ।

नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सिरिजबाट बाहिरिएको छ ।

ओपनर नताशा माइल्सको अविजित ३० रन र सान्जिन शहजादको अविजित २० रनमा हङकङले नेपालविरुद्ध सहज जित निकालेको हो ।

ओपनर माइल्सले ४ चौको मदतले अविजित ३० रनको शानदार इनिङ्स खेलेकी थिईन् ।

हङकङका मारिको हिल ५ रनमा रनआउट भएकी थिईन् । उनलाई नेपालकी कप्तान इन्दु वर्माले रनआउट गराएकी थिईन् ।

त्यस्तै, नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन निरिह रह्यो । नेपालका अन्य कुनै ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

ओपनरद्धय पुजा महतो ४ र सिताराना मगर ९ रनमा आउट भएको खेलमा सम्झना खड्का १ रनमा पोविलियन फर्किएका थिए । कप्तान इन्दु वर्मा र काजल श्रेष्ठ शुन्य रनमा आउट हुदाँ उपकप्तान बिन्दु रावल र कन्चन श्रेष्ठ १ रनमा र अश्मिना कर्मचार्य शुन्य रनमा पोविलियन फर्किएका थिए ।

हङकङकी इकरा सहरले सर्वाधिक ३ विकेट लिईन् । सुचिथा बेन्कटेशले २ विकेट लिएको खेलमा बेट्टी चान, मारिको हिल र केनी चानले समान एक-एक विकेट हात पारेका थिए ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =