भारतविरुद्ध न्युजिल्यान्डको बलिङ चलेन
२०८० कार्तिक २९ गते

काठमाडौं । भारतको वानखडे क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको भारतले सानदार प्रदर्शन गरेको छ ।
टस जितेर पहिले ब्याटिङ राजेको भारतले ३७ ओभरको खेल जारी रहँदा १ विकेट गुमाउँदै २ सय ७१ रन जोडेको छ ।
शुभमन गिल ६५ बलमा ८ चौका र ३ छक्कासहित ७९ रनमा रिटाउर्ड हर्ट हुँदै पेभेलियन फर्किए ।
भारतलाई कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
पहिलो विकेटका लगि रोहित र गिलले ९.२ ओभरमा ७१ रनको साझेदारी गरे ।
२०८० कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








