श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौं । उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १६ धौरीका ६१ वर्षीय जसबहादुर तामाङ रहेका छन् ।

५० वर्षीया सुनमाया तामाङको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही कात्तिक २६ गते आइतवार राति मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएकी सुनमायाको मंगलवार मृत्यु भएको उक्त थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =