भाइटीका नलगाउने जनार्दन शर्माको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा गएको भूकम्पमा भएको जनधनको क्षतिको दुःखद परिस्थितिमा यसपालिका भाइटीका नलगाउने निर्णय गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन् । ‘मिति २०८०/०७/१७ गतेको विनाशकारी भुकम्प बाट मुत्यु हुने, घाइते हुने र सम्पत्ति क्षति भै पर्न गएको यस दुःखको घडीमा यस पटकको भाइटीका नलगाउने निर्णय गरेको छु’, शर्माले लेखेका छन् ।

भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने करिब ३५० जना घाइते भएका थिए तथा सयौं घरमा क्षति पुगेका थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =