भूकम्पको १० दिनपछि ध्यारगाउँमा राहत (तस्बिरहरू)

जाजरकोट । जाजरकोटमा गत कार्तिक १७ गएको महाभूकम्पले क्षति पुगेको नलगाड नगरपालिका १३ मा पर्ने खालिगुर्ता, रुपा, ध्यारगाउँलगायतका ठाउँ भूकम्प प्रभावित क्षेत्र हुन् । करिब ५०० घरभन्दा बढी घर धुरी रहेको त्यस नगरपालिकामा १० दिनपछि बल्ल राहत पुगेको छ ।

त्यस क्षेत्रमा हिमपात सुरु भइसकेको अवस्था छ । राहत पुगे पनि प्रशस्त राहत नपुग्दा पीडितहरू चिसो मै रात कटाउन बाध्य छन् । जाजरकोटमा यस्ता भौगोलिक जटिलता भएका ठाउँमा समयमा राहत पुग्न नसक्दा स्थानीय र संघीय सरकारमाथि प्रश्न उठाउँदै छन् ।

ध्यारगाउँ पुग्न नलगाड नगरपालिकादेखि हिँडेको ३-४ दिनसम्म लाग्छ । सोमबार हामी नेपालसँगको सहकार्यमा नेपाली सेना उप सेनानी सन्देश अधिकारी क्षेत्रीको नेतृत्वमा रहेको श्री चन्दन नाथ गणस्थित नलगाड सुरक्षा बेसको सहयोगमा हामी नेपाल द्वारा नेपाली सेनाको हेलिकप्टरमा ५०० घरधुरी लाई पुग्ने गरि ५०० पिसको त्रिपाल १०० पिस म्याट, ६० पिस फाइबर सिरक पठाइ नेपाल प्रहरी र वडाध्यक्षको रोहबरमा वितरण गरिएको हो ।

जाजरकोटमा यस्ता भौगोलिक जटिलता भएका धेरै नै गाउँहरू छन् अनि भूकम्प गइसकेको १० दिन सक्दा पनि राहत नपाएको जनताहरूको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *