७ तस्बिरमा हेर्नुहोस् पशुपति क्षेत्रको गाई पूजा

२०८० कार्तिक २७ गते

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
गाई तिहारको अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रमा रहेको नन्दी सेवा स्थल र पशुपति परिसर मा रहेको राम. मन्दिर मा गाई गोरुको पूजा गरियो ।
यस्तै, सर्वसाधरणहरु जनैपूर्णिमामा हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्न पुगेका थिए । उक्त डोरो मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

२०८० कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित