भारत विश्वकपमा अपराजित, नेदरल्याण्डमाथि सानदार जित
२०८० कार्तिक २७ गते

काठमाडौँ । भारतले नेदरल्याण्डसमाथि फराकिलो जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्डसलाई १६० रन अन्तरले पराजित गरेको हो ।
भारतले दिएको ४११ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४७.५ ओभरमा अल आउट हुँदै २५० रन बनाएपछि खेल १६० रनले हरेको हो । यसअघि भारतले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ४१० रन बनाएको थियो । योसँगै भारत लिग चरणमा अपराजित हुँदै सेमिफाइनल खेल्ने भएको छ ।
भारतको ९ खेलमा १८ अंक भएको छ । नेदरल्याण्डस भने ९ खेलमा २ जित र ७ हारसहित ४ अंक हासिल गर्दै अंकतालिकामा पुछारमा रहँदै विश्वकप समाप्त गरेको छ ।
२०८० कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित








