बाहिरिसकेको बंगलादेशमाथी अष्ट्रेलियाको सहज जित

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिसकेको बंगलादेशमाथि अष्ट्रेलियाले सहज जित निकालेको छ। अष्ट्रेलियाले भने अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

शनिबार महाराष्ट्र क्रिकेट स्टेडियममा बंगलादेशले दिएको ३०७ रनको लक्ष्य अष्ट्रेलियाले ४४.४ ओभरमा मात्रै २ विकेटको क्षतिमा पूरा गर्यो।

अष्ट्रेलियाका मिचेल मार्स र स्टेभन स्मिथले उत्कृष्ठ प्रदर्शन गरे। मिचेल मार्सले नटआउट १७७ र स्मिथले नटआउट ६३ रन जोडे। डेभिड वार्नरले पनि अर्धशतकीय पारी खेले। ट्राभिस हेड १० रनमा आउट भएपछि अष्ट्रेलियाले सम्हालिएर प्रदर्शन गरेको थियो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले पूरा ओभरमा ८ विकेटको क्षतिमा ३०६ रन बनाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =