सामान्य वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। बिहान लुम्बिनी प्रदेशको केही स्थानमा सामान्य वर्षा भएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा मौसम सामान्य रहनेछ।

यसैगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति मुलुकका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =