कतार पठाइदिन्छु भन्दै १ लाख ८६ हजार रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं मनमैजु बस्ने मोरङपथरी शनिश्चरे नगरपालिका–७ का ३३ वर्षीय भिम बहादुर तामाङ पक्राउ परेका छन् ।

बिहीबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले एक महिलालाई वैदेशिक रोजगारका लागि कतार पठाई पार्लरमा मासिक ६० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक गरी १ लाख ८६ हजार रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।

उनलाई ठगी गरेको आरोपमा पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं वसुन्धराबाट पक्राउ गरेको हो

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =