सानदार जितसहित न्युजिल्याण्डको सेमिफाइनल करिव पक्का

न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा सेमिफाइनल पुग्ने सम्भावना करिव पक्का गरेको छ। बिहीबार श्रीलंकामाथि पाँच विकेटको सानदार जित हात पार्दै सेमिफाइनलमा स्थान करिव निश्चित गरेको हो।

न्युजिल्यान्ड ९ खेलमा ५ जित र ४ मा हारसहित चौथो स्थानमा छ । जितको लागि १ सय ७२ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले २३।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४६।४ ओभरमा १ सय ७१ रनमा अल आउट भएको थियो ।

अव १० अंकमा अफगानिस्तान र पाकिस्तान मात्रै पुग्न सक्छन् । तर नेटरनरेटको कारण पाकिस्तान र अफगानिस्तान दुबै बाहिरिने सम्भावना बढी छ । अफगानिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित छैटौं स्थानमा छ ।

अफगानिस्तानले अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकासँग खेल्नेछ । पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तानले अन्तिम खेल शनिबार इंग्ल्यान्डसँग खेल्नेछ।

नेटरनरेटकै कारण न्युजिल्यान्डले सेमिफाइनल खेल्ने लगभग पक्कापक्की जस्तै देखिन्छ । पाकिस्तान सेमिफाइनलमा पुग्न २ सय ७७ भन्दा बढी अन्तरको जित हात पार्नुपर्ने हुन्छ । पाकिस्तानले अन्तिम खेलमा २ सय ७७ भन्दा कम अन्तरले हराएमा नेटरनरेटमा न्युजिल्यान्डलाई पछि पार्न सक्ने छैन ।

भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन्। अब सेमिफाइनलमा पुगे न्युजिल्याण्डले शीर्षस्थानको भारतसँग र अर्को सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =