अर्थतन्त्र लयमा ल्याउन बैंकिङ क्षेत्रको अतुलनीय योगदान छ : महाप्रसाद अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा भएको ३९ औँ एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको संकट असर,कोभिड–१९, रुस–युक्रेन युद्ध जस्ता दुई ठूला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटक–पटक आएको भूकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्टेबल रहेको बताए । उनले कोभिड–१९ महामारीले बैंकिङ क्षेत्र लगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको उल्लेख गरे ।

अधिकारीले वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैंकको सहकार्यमा कारोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र रिकभर गर्न सफल भएको बताए । उनले राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनको कारण अर्थतन्त्र संकटबाट बचाउन सकिएको बताए । उनले बैंकिङ प्रणालीले सबै संकटहरु समाधान गर्दै आएकाले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको बताए ।

अधिकारीले नेपाली बैंकहरुले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको बताए। उनले यति बेला विश्व बजारका बैंकिङ क्षेत्रमा ठूलो चुनौती देखिएको बताए । उनले पछिल्लो समयमा मुद्रास्फीति बढीरहेको र विभिन्न मुलुकहरूले महँगीको सामना गरेको बताए । उनले बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्त्वपूर्ण काम गरेको भन्दै दक्षिण एशियामा वित्तीय पहुँच बढ्दै गएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *