न्यायाधीश घिमिरेले गर्लान् त सन्दीपविरुद्धको मुद्दामा फैसला सुनाउने आँट ?
२०८० कार्तिक २३ गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको हो ।
सन्दीपविरुद्धको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौँ नम्बरमा रहेको छ । जिल्ला अदालत काठमाडौँमा अन्तिम बहसका लागि पेशी चढेकै ७ महिना बढी भयो । त्यसपछि एक दर्जन न्यायाधीशको इजलासमा परे पनि यो मुद्दाको बहस सुनेर फैसला सुनाउन आँट भने कसैले पनि गरेका छैनन् ।
मुद्दाको सुनुवाइ आज हुने/नहुने कुनै निश्चित छैन ।
२०८० कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








