चीनद्वारा ४० करोड बराबरको राहत सामग्री नेपाललाई हस्तान्तरण

काठमाडौँ । चिनियाँ राजदुत छन् सङले जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन्।

उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार बिहान पोखरा विमानस्थलमा राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत विमानस्थलमा झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको थियो।

उक्त सामग्रीहरू चार हजार छ सय ब्लांकेट र छ सय टेन्ट रहेका छन् ।

उक्त सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने गृहमन्त्रालयले जनाएको छ ।

राजदूत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरे।

केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लांकेट, सात सय त्रिपाल, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =