गाजामा तत्काल मानवीय युद्धबिराम आवश्यक : गुटेरेस
२०८० कार्तिक २१ गते

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको आक्रमण तत्काल रोक्न आह्वान गरेका छन् ।
उनले आक्रमण तत्काल रोकेर त्यहाँका बासिन्दालाई शान्तिपूर्ण रुपमा बस्न दिन आग्रह गरेका छन् ।
उनले गाजामा मानवीय संकट बढीरहेको उल्लेख गर्दै मानवताको संकटले विश्वलाई तरंगित बनाइरहेको बताए ।
उनले नागरिकहरु अस्पतालमा उपचारका लागि भरिएका तर उपचारका सामग्री नहुँदा बिचल्ली भइरहेको बताए ।
गाजा बालबालिकाका लागि चिहान बनिरहेको छ । दैनिक सयौं बालबालिकाहरु मारिने र घाइते भएका छन् । पछिल्ला चार हप्ताको अवधिमा धेरै पत्रकार मारिएका छन् ।
विश्व संगठनको इतिहासमा कुनैपनि तुलनात्मक अवधिमा भन्दा बढी संयुक्त राष्ट्र सहायता कार्यकर्ता मारिएका छन् ।
२०८० कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित








