टी–२० सिरिज खेल्ने प्रारम्भिक टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुने टी ट्वान्टी सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

क्यानले मंगलबार एउटा बिज्ञप्ति मार्फत हङकङ सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

प्रारम्भिक नेपाली टोलीमा रुबिना क्षेत्री, सिता रानामगर, इन्दु वर्मा, संगिता राई, ज्योती पाण्डे, पुजा महतो, रोमा थापा, इश्वरी विष्ट, सम्झना खड्का, रुबि पोदार, सवनम राई, अश्मिना कर्मचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजल श्रेष्ठ, मनिषा चौधरी, कबिता जोशी छन् ।

क्रिकेट हङकङ चाइनाको आयोजनामा नोभेम्बर १५ देखि १९ सम्म चार राष्ट्र सम्मिलित टी ट्वान्टी सिरिजको आयोजना हुदैछ ।

क्यानले सोमबार निर्णय गर्दै टी ट्वान्टी सिरिजमा नेपाली महिला क्रिकेट टिमलाई सहभागी गराउने निर्णय गरेको थियो ।

मंगलबार क्यानले सिरिजका लागि बन्द प्रशिक्षणमा २२ जना महिला क्रिकेटलाई बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =