काठमाडौँमा साथी महानगर (स्वर्णिम योजना) लागू

काठमाडौँ । काठमाडौं महानगरपालिकाले साथी महानगर (स्वर्णिम योजना) कार्यक्रम लागु गरेको छ । महानगरपालिकाले महानगरवासीको सुख दुःखमा साथ दिन महानगर साथी स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको हो ।

योजनाअन्तर्गत गरिब, विपन्न वर्गका सुत्केरी, विपन्न वर्गलाई किरिया खर्च, जोखिममा परेका बालबालिका, बृद्धबृद्धा र अपांगता भएका व्यक्तिलाई सहयोग गरिने मेयर बालेन शाहले उल्लेख गरेका छन् । यसका लागि आफू बसेको वडा कार्यालय अथवा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन इकाईमा सम्पर्क गर्नुपर्नेछ ।

यो कार्यक्रमबारे मेयर शाहले फेसबुकमा लामो स्टाटस लेख्दै जानकारी दिएका छन् । ‘यदि, विपन्न हुनुहुन्छ र किरिया खर्चको समेत आवश्यकता छ भने महानगरले २० हजार सम्म खर्च उपलब्ध गराउनेछ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *