विश्वकप क्रिकेटमा भारतको दबदबा कायम, दक्षिण अफ्रिकामाथि शानदार जित

भारतमा जारी आईसीसी एक दिवशीय विश्वकप क्रिकेटमा भारतले अपराजित यात्रा कायम राखेको छ। यसअघि नै अन्तिम चारमा स्थान पक्का गरिसकेको घरेलु टोलीले आइतबार भएको खेलमा दक्षिण अफ्रिकामाथि शानदार जित निकालेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२५ रन बनाएको थियो। ३२६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७।१ ओभरमा अलआउट हुँदै मात्रै ८३ रनमा समेटियो।
भारतीय बलरका अगाडि दक्षिण अफ्रिकाका सबै ब्याटर निरिह देखिए।

भारतका लागि विराट कोहलीले सर्वाधिक १०१ रन बनाउँदा श्रेयस यय्यरले ७७ रनको योगदान गरे यस्तै कप्तान रोहित शर्मा ४०, रवीन्द्र जडेजा २९, सुभमन गिल २३, सूर्यकुमार यादव २२ र केएल राहुलले ८ रन बनाउँदा चुनौतीपुर्ण लक्ष्य प्रस्तुत गरेको थियो।

दक्षिण अफ्रिकाका लागि लुंगी नेग्दी, मार्को जेनसन, कगिसो रबाडा, केशव महाराजा र तबिराज शम्सीले एकरएक विकेट लिए। ब्याटिङमा भने दक्षिण अफ्रिकाका लागि मार्को जेनसन १४, रास्सी भान डर डुसेन १३, डेविड मिलर र टेम्बा बवुमा ११र११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यता दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक ५, महम्मद शमी २, कुलदीप यादव २ र महम्मद सिराजले १ विकेट लिए। अंक तालिकाको शीर्षमा रहेको भारत जारी प्रतियोगितामा अविजित रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =