भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली टोली कालो पट्टी बाँधेर मैदानमा

काठमाडौँ । नेपाली क्रिकेट टोलीले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध कालो पट्टी बाँधेर खेलिरहेको छ । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युड भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपालले पाखुरामा कालो पट्टी बाँधेर खेलेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलबाट बिक्री हुने ५० प्रतिशत टिकट मूल्य भूकम्प प्रभावितलाई दिने घोषणा गरिसकेको छ । टियु क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरालाई मौका दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =