ब्लिन्केन भन्छन्- गाजामा युद्धविराम हुँदा हमासलाई पुनः संगठित गर्न सक्षम बनाउँछ

एजेन्सी । अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्धविराम हुँदा हमास आन्दोलनलाई आफ्नो सेना पुनः संगठित गर्न सहयोग पुग्ने बताएका छन् । जोर्डनको राजधानी अम्मानमा जोर्डनका विदेशमन्त्री अयमान सफादी र इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।

उनले हमास आन्दोलन विरुद्ध आफ्नो रक्षा गर्ने इजरायलको अधिकारको लागि आफ्नो देशको समर्थनलाई पुनः पुष्टी गर्दै प्यालेस्टिनी नागरिकहरूको सुरक्षाको आवश्यकतामा जोड दिए । इजरायल–हमास द्वन्द्वमा कुनैपनि थप देशलाई नयाँ मोर्चा खोल्नबाट रोक्न अमेरिकाले आफ्नो प्रभावको फाइदा उठाउने उनको भनाई छ ।

जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजामा तत्काल युद्धविराम र मानवीय सहायता पु¥याउन आवश्यक रहेको बताए । उनले गाजामा जारी इजरायली आक्रमणलाई आत्म–रक्षाको रूपमा वर्णन गर्न अस्वीकार गरे । प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्दै पश्चिम किनारको अवस्थाको बारेमा उनको चिन्ता छ ।इजिप्ट

का विदेशमन्त्री समेह शौकरीले गाजामा भएका दुर्भाग्यपूर्ण हत्याका घटनाहरूलाई न्यायोचित बनाउन नसकिने भन्दै बिना शर्त गाजामा तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् । उनले इजरायललाई मानवीय सहायताको प्रवेशमा अवरोध नगर्न र घेरामा परेको एन्क्लेभमा सुरक्षित र द्रुत वितरण सुनिश्चित गर्न आग्रह गरे । जोर्डनले शनिवाार अम्मानमा ब्लिन्केन र पाँच अरब देशका विदेश मन्त्रीहरू साथै प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिवबीच छलफल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =