भूकम्प पीडितका लागि डाइरेक्टर पाण्डेले गरे औषधी सहयोग

काठमाडौं । लोमस फर्मासिटिकल्स प्रा.लि.का डाइरेक्टर प्रनवजङ्ग पाण्डेले भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि औषधी सहयोग गरेका छन् ।

उनले भूकम्प पीडितहरूको उपचारमा प्रयोग हुने पेन किलर र दुखाई कम गर्ने मलम सहयोग गरेका हुन् ।

सिनामंगलमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन प्लाटुनका प्रमुख पूर्ण साउद र डाक्टरहरूको उपस्थितिमा उनले सो औषधी हस्तान्तरण गरेका हुन् ।

गए राति जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा एक सय ३३ जनाको निधन भएको छ ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ४० जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =