भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र पनि परिचालन

काठमाडौँ । गएराती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परेकाहरूको खोज तथा उद्धारको लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन भएका छन् ।

हालसम्म भूकम्प परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना गरी १ सय ३२ जनाको मृत्यु भएको छ भने १ सय ५५ जनाको उद्धार गरिएको छ । भूकम्पमा परेकाहरूको खोज तथा उद्धारको लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्रा. सशस्त्र प्रहरी निरीक्षक डा. निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली, नं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना, नं. ४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५ जना, आश्रित गुल्म जाजरकोटबाट ७० जना र आश्रित गुल्म दैलेखबाट २५ जना गरी जम्मा १ सय ९४ जना सशस्त्र प्रहरी कर्मचारीहरू आवश्यक उद्धार सामाग्रीसहित खटिएको छ ।

पश्चिम रुकुममा नेपाल एपीएफ अस्पतालबाट प्रा. सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुलीको कमाण्डमा ९ जना, नं. २९ ज्वालामाई गणदाङ्गबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २१ जना, नं. ४७ गुल्मपश्चिम रुकुमबाट १ सय ७ जना, आश्रित गुल्म पूर्वी रुकुमबाट २ जना विपद्व्य विस्थापन तालिम प्राप्त टोलीसहित ११ जना, आश्रित गुल्म सल्यानबाट २५ जना गरी जम्मा १ सय ७३ जना सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन भएका छन् । सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारका दक्ष जनशक्ति समेत परिचालन गरेको छ भने अन्य युनिटहरूबाट समेत फौज परिचालनको
लागि तयारी हालतमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *