सिडिओसँग विवरण लिएपछि प्रभावित क्षेत्रमा प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका छन् । नेपाली सेनाको स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् ।

जाजरकोट पुगेर उनले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग ब्रिफिङ लिएका छन् । सिडिओसँग प्रभावित क्षेत्रको जानकारी लिएपछि उनले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्ने छन् । उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तीनवटै निकायका थप सुरक्षाकर्मी पनि परिचालन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *