भूकम्पले जाजरकोट/रुकुममा व्यापक क्षति (तस्बिरहरू)

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २८ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको हो ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कैयन घरहरु भत्किएका छन् भने स्थानीयको पीडामा छन् । उनीहरुले राहत र उद्धारका लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *