सडक दुर्घटनामा सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु
२०८० कार्तिक १७ गते

काठमाडौं । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
शुक्रवार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमल टाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए ।
उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट मालवाहक ट्रकले ठक्कर दिएको जानकारी भन्ने खबर पाएको अध्यक्षले बताए ।
आफन्तले शव बुझ्ने तयारी गरेको उनले बताए । सिजनको परिवार रोजगारीका लागि भारतमा बस्ने गरेका थिए ।
२०८० कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








