युएईविरुद्ध नेपालले पायो बलिङको निम्तो, दीपेन्द्रसिंह ऐरी खेल्ने
२०८० कार्तिक १७ गते

काठमाडौं । टी-२० विश्वकप छनौटको सेमिफाइनलमा नेपालविरुद्ध युएईले टस जितेको छ ।
मुलपानी क्रिकेट मैदानमा हुने यस खेलमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । युएईका कप्तान मुहमद वासीमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । यस अघि घाइते रहेका दीपेन्द्रसिंह ऐरी यो खेलमा खेल्ने भएका छन् भने सन्दीप जोरा बाहिर रहेका छन् ।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव, सन्दीप लामिछाने ।
२०८० कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








