आज मध्यरातदेखि अन्त्य हुँदै राष्ट्रियसभा अधिवेशन

राष्ट्रियसभाको १४औँ अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ। अधिवेशनअन्तर्गत एक सय ८० दिन बैठक भएका थिए।

अधिवेशनमा मुलुकी संहितासम्बन्धी केही नेपाल संशोधन गर्ने अध्यादेश २०८० स्वीकृत भएको थियो। सोही अध्यादेशलाई प्रतिस्थापन गर्न राष्ट्रियसभामा उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन दुवै सदनबाट पारित भई प्रमाणित भएको थियो।

त्यसैगरी, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित भएको थियो। राष्ट्रियसभामा उत्पत्ति भएका नेपाल विश्वविद्यालय विधेयक २०८०, गैरसरकारी विधेयकको रूपमा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० सभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको थियो। अधिवेशनको अन्तिम दिन आज राष्ट्रिय विद्युतीय व्यापार विधेयक पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएको छ।

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सुनाउनुभएको थियो। उनले राष्ट्रियसभाको १४औँ अधिवेशन आज राति १२ः०० बजेदेखि स्वतः अन्त्य हुनेगरी बैठकको कारबाही समाप्त भएको घोषणा गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =