विश्वकपमा छनोट हुन नेपाल यूएईसँग भिड्ने

काठमाडौं । आसन्न टी–२० विश्वकपमा छनोट हुन नेपालले यूएईसँग निर्णायक खेल खेल्ने भएको छ ।

जारी विश्वकप छनोटको सेमिफाइनलमा शुक्रवार नेपालले यूएईसँग खेल्ने छ ।

नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो ।

यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ । यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो ।

बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो । यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *