समूह विजेता बन्न नेपालले पायो १४६ रनको लक्ष्य

काठमाडौँ । घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा १४६ रनका लक्ष पाएको छ । टियु क्रिकेट मैदानमा ओमानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेकाे नेपालले १४६ रनका लक्ष पाएको हो ।

ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनायाे । ओमानका लागि कप्तान जीशान मक्सूदले सर्वाधिक ३२ रन बनाएका थिए भने नसीम खुशीले २५, प्रतिक अथावालेले २४, आयान खानले १८, शकील अहमदले अविजित २२ रन बनाएका थिए ।

नेपाली बलर करण केसीले सर्वाधिक ३ विकेट लिएका थिए । करणले ४ ओभरमा ४३ रन दिएर ४ विकेट लिएका थिए । सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए भने गुलशन झा र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

दुबै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् । समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । यो खेलको विजेता समूहको पनि विजेता बन्नेछ । समूह विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *