नेपालको सानदार बलिङ, ओमानको चौथो विकेट पतन

काठमाडौँ । नेपालले ओमानविरुद्ध चौथो सफलता हासिल गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको ओमानले खेलको छैटौँ ओभरमा चौथो विकेट गुमाएको हो ।

सोमपाल कामीले ओमानका शोयब खानलाई आउट गरेका हुन् । सोमपालको यस खेलमा यो दोस्रो विकेट हो । यस अघि गुलशन झाले पाँचौँ ओभरमा ओमानका प्रतिक अथावालेलाई आउट गरेका थिए । नेपालका लागि यसअघि कारण केसीले एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल ओमानले ७.१ ओभरमा ४ विकेट गुमाएर ४९ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *