नेपालले टस जित्यो : पहिला फिल्डिङ गर्ने, यस्तो छ प्लेइङ ११

काठमाडौँ । काठमाडौँमा जारी टी-२० विश्वकप छनौट अन्तर्गत आज नेपालले ओमानको सामना गर्दैछ । एसिया क्षेत्रको समूह ए का नेपाल र ओमानबीचको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै ओमानले पहिला ब्याटिङ गर्ने भएको छ । नेपाल र ओमान समूह ए बाट सेमिफाइनलमा पुगिसकेकाले यो खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

विश्वकप छनौटमा नेपाल र ओमानले सिंगापुर र मलेसियालाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् । समूह ए बाट सिंगापुर र ओमान सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । यद्यपी दुवैबीच आज १:१५ बजेदेखि टियु मैदानमै खेल हुँदै छ । नेपाल र ओमानबीच अहिलेसम्म ४ टी- २० खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने ओमानले एक खेल जितेको छ ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *