टि २० क्रिकेटमा ओमानमाथि हाबी छ नेपाल, यस्तो छ हेड टू हेड

आइसिसी टी–२० विश्वकप क्रिकेटको एसिया छनोमा नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहीबार ओमानसँग भिड्दैछ।

नेपाल र ओमान दुवै टिम सेमिफाइनल पुगिसकेका छन्। भोलिको खेलले समूह विजेताको टुंगो लाग्ने छ। दुवै टोली समूह विजेता बन्दै फाइनल चरणका लागि समूह बी को उपविजेतासँग भिड्न चाहन्छन्।

खेल विहान ९ बजे सुरू हुनेछ।

समूह विजेता बनेमा समूह बी को उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलमा विजयी हुने दुबै टिम विश्वकपमा छनोट हुनेछन्।

समूह बी मा युएई विजेता हुने सम्भावना छ। बहराइन, हङकङ र कुवेतमध्ये एक टिम उपविजेता हुने सम्भावना छ।

चार मध्ये तीन खेलमा नेपाल विजयी

नेपाल र ‌ओमानबीच टी २० अन्तर्राष्ट्रियमा अहिलेसम्म चार पटक प्रतिस्पर्धा भएको छ। नेपालले पछिल्ला तीन खेलमा लगातार जित निकालेको छ।

नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो। २०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो।

त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको टी २० सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो।

नेपाल र ओमानबीच पहिलो पटक २०१९ को अक्टोबरमा भएको टी २० भने ओमानले ६ विकेटको जित निकालेको थियो। त्यसपछि नेपाललाई हराउन सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *