गोठाटारमा गोली चल्दा भारतीय नागरिक घाइते

काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।

भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर नियन्त्रणमा लिइएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ ।

त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ ।

प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =