नेपाल विश्वकपबाट मात्र दुई खेल टाढा

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल टियु क्रिकेट मैदानमा खेल्न ओमानलाई हराउनुपर्ने भएको छ । समूह ए’बाट ओमान र नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् ।

आइसिसीको नियम अनुसार सेमिफाइनल समूह ए’को विजेताले टियु र समूह बी’को विजेताले मुलपानीमा खेल्नुपर्ने हुन्छ । तसर्थ समूह ए’को विजेता बन्न नेपालले अन्तिम खेलमा बिहीबार ओमानलाई हराउनु पर्ने हुन्छ । ओमान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट १.३२२ र ओमानको १.३५० छ । यदि नेपाल पराजित भए वा वर्षाको कारण रद्ध भएमा भने मुलपानीमा गएर सेमिफाइनल खेल्नुपर्ने हुन्छ ।

समूह बी’मा भने चारै टोलीको सेमिफाइनल सम्भावना कायमै छ । युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । बहराइन २ खेलमा २ मा जितका साथ दोस्रो स्थानमा छ । हङकङ २ खेलमा २ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ । मंगलबार बहराइनले हङकङलाई २० रनले हराएपछि समूह बी’मा सबै टोलीको सेमिफाइनल समिकरण कायमै रहेको हो । कुवेत २ खेलमा अंक विहीन हुँदै पुछारमा छ । बिहीबार बिहान युएई र हङकङ तथा कुवेत र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलको नतिजापछि समूह बी’को सेमिफाइनल र समूह विजेता निर्धारण गर्नेछ ।

शुक्रबार दुबै सेमिफाइनल बिहान ११ बजे सुरु हुनेछन् । टियु क्रिकेट मैदानमा समूह ए’को विजेता र समूह बी’को उपविजेताबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ भने मुलपानीमा समूह बी’को विजेता र समूह ए’को उपविजेताबीच प्रतिस्पर्धा हुनेछ । फाइनल भने आइतबार दिउँसो ११ बजे टियु मैदानमा हुनेछ ।

नेपाल विश्वकपबाट दुई खेल टाढा
नेपाल अर्को वर्ष जुनमा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्न लागेको ट्वान्टी-२० विश्वकप क्रिकेटमा पुग्न दुई खेलमात्रै टाढा छ । छनोटको आधार रहेको आईसीसी ट्वान्टी-२० विश्वकपको एसियामा लगातार दुई खेल जितेपछि नेपाल विश्वकपतर्फ नजिकिएको हो ।

नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मलेसियालाई ६ विकेटले पराजित गर्‍यो । नेपालको यो लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा आइतबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । अब सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपालले बिहीबार ओमानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

आईसीसी ट्वान्टी-२० विश्वकपको एसिया क्षेत्रबाट फाइनलमा पुग्ने दुई टोली विश्वकपमा पुग्ने प्रावधान छ । नेपालले सन् २०१४ मा बंगलादेशमा एक पटकमात्र विश्वकपमा खेलेको थियो । त्यसयता नेपाल छनोट हुन असफल रहँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *