जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे छलफल गर्न विज्ञहरु काठमाडौंमा

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई न्युनिकरण गर्न १८ भन्दा बढी देशका विज्ञहरुको सम्मेलन शुरु भएको छ । मंगलबारबाट काठमाडौंमा सम्मेलन शुरु भएको हो ।

युनियन अफ एशियन अल्पान एशोसिएशनको आयोजनामा आज एकदिने सम्मेलन शुरु भएको हो । सम्मेलनमा हिमाललाई कसरी प्रवद्र्धन गर्ने, कसरी बचाउने र हिमालेका सुरक्षा र जलवायु परिवर्तनका कारण परेको असलाई कसरी न्युनिकरण गर्ने भन्नेबारेमा छलफल र समाधानबारे सम्बोधन हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले बताए । उनले सम्मेलनमा चाइनाको सिटएमए, सिएमए लगायत अन्य १८ देशका प्रतिनिधिले सहभागिता जनाउनुभएको बताए । सम्मेलनमा युआइएका अध्यक्षको समेत सहभागिता रहेको उनको भनाई छ ।

उनले भने, ‘आज हामी यु ट्रिपल ए भनेझैँ विभिन्न युनियन अफ एशियन अल्पान एशोसिएशन भनेर यो एशियाली महासंघको २० वटा जति राष्ट्रको प्रतिनिधि भएको एउटा संस्था हो । यो विशेष गरी हिमाल सम्बन्धीका बारेमा संगठन उद्देश्य हिमाललाई कसरी प्रवद्र्धन गर्ने भन्ने काम गर्छौं । यो संगठनको प्रत्येक वर्ष वार्षिक साधारण सभा हुन्छ । यो साधारण सभा नेपालमा गर्नका लागि हामीले उहाँहरुलाई आह्वान गरेका थियौँ । यो बापत यस पटक नेपालमा साधारण सभा हुन गइरहेको छ । आज १८ बढी देशका प्रतिनिधि र चाइनाको सिटएमए, सिएमए लगायत अन्य १८ देशका प्रतिनिधि समेत आउनुभएको छ । यो दिनभर चल्छ र नेपाल माउण्टेन एशोसिएशनको ५० औँ वर्ष पुगेको अवसरमा एनएमएको वार्षिकोत्सवमा सहभागी हुन पनि आउनुभएको छ । यसमा हामी हिमालेका सेफ्टी प्लानिङ, ग्लोवल वार्निङका बारेमा कुराकानी गर्नेछौँ र चर्चा र समाधान खोज्नेछौँ । हिमाल सम्बन्धित एशियाली महासंघ भन्ने हो । युआइएको प्रेसिडेण्टको ८० देखि सयसम्म देश प्रतिनिधि भएको संगठन छ, युआइएको अध्यक्ष पनि यहाँ आउनुभएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =