गोली लागेर घाइते भएका प्रिन्सिपल स्वर्णकारको निधन
२०८० कार्तिक १३ गते

प्रतिकात्मक तस्बिर
काठमाडौँ । गोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।
गोली प्रहारबाट टाउको र घाँटीमा गोली लागेको उनलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको थियो ।
दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।
गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
२०८० कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित








