टी-२० विश्वकपको एसिया क्षेत्रको छनोट आजदेखि, सिंगापुरको सामना गर्दै नेपाल

काठमाडौँ । आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको खेल आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत आज चार खेल हुँदै छन् । आज समूह ए मा रहेको नेपालले सिंगापुरसँग सामना गर्ने भएको हो ।

यो खेल टियु क्रिकेट मैदानमा आज बिहान ९ बजेदेखि सुरु हुँदैछ । आजै समूह ए कै ओमान र मलेसियाबीच अपराह्न १: १५ बजेदेखि टियु मैदानमै हुनेछ । समूह बि का युएई र बहराइनबीच मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुँदै छ भने समूह बि अन्तर्गतकै अर्को खेल मुलपानी क्रिकेट मैदानमै हङकङ र कुवेतबीच हुँदैछ ।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन् भने समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । नेपालले दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने भएको छ ।

नेपालमा हुने विश्वकप छनोटका फाइनलमा पुग्ने दुई देश आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनौट हुने छन् । नेपाल यसअघि पहिलो पटक २०१४ को टी- २० विश्वकप खेलेको थियो । यस अघि टी-२० विश्वकपमा १६ देश खेल्दै आएकोमा २०२४ को विश्वकपमा २० देशले सहभागिता जनाउँदै छन् ।

एसिया क्षेत्रको टी-२० विश्वकप खेल्ने नेपाली टीममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेट किपर), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने र  ललित राजवंशी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =