भरुवा बन्दुक देखाई परिवार र छिमेकीलाई धम्की दिने व्यक्ति १ थान बन्दुक सहित पक्राउ

बाँके । डुडुवा गाउँपालिका–६ सिखनपुर्वा बस्ने २५ वर्षीय राहुल सिंह सरदारलाई भरुवा बन्दुक १ थान सहित शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।

सरदारले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाई घरपरिवार तथा छरछिमेकलाई डरत्रास तथा धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हिरमिनियाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =