सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउन ढिला गर्नुहुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताएका छन् ।

शनिवार नेपाली काँग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने बताएका हुन् ।

उनले युद्धलाई टुङ्ग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी कामहरू हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।

उनले अब सो विषयलाई टुङ्ग्याउन ढिला गर्नु नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको महासचिव नेपाल भ्रमणमा आएको बेलामा सकारात्मक सन्देश दिएर पठाउनुपर्ने बताए ।

उनले भने ‘वास्तवमा धेरै ढिलो भयो । जसरी हामीले एकदम छोटो समयमा युद्धलाई टुंग्याउने र शान्तिको प्रक्रियामा या राजनीतिक मूल प्रवाहमा ल्याउने काममा हामी सफल भएका थियौँ । त्यसैगरी त्यससँग जोडिएका जम्मै विषयवस्तुहरू, द्वन्द्व व्यवस्थापनका सम्पूर्ण विषयवस्तुहरू, सङ्क्रमणकालीन न्यायसँग जोडिएका सबै विषयवस्तुहरूलाई छिटो टुङ्ग्याउनु पर्दथ्यो । त्यसमा ढिलाइ भएको छ । अब धेरै ढिला गर्नु हुँदैन । संयुक्त राष्ट्रसंघको महासचिव आउनु भएको यो बेलामा हामीले सकारात्मक सन्देश दिएर पठाउनुपर्छ ।’

अध्यक्ष नेपालले पुराना राजनीतिक दलहरू विभिन्न परीक्षामा जाँचिएर आएका उल्लेख गर्दै आफूहरू पुनः अग्नि परीक्षामा जाँचिन तयार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =